पर्वाती पाण्डे
कपिलवस्तु ३ साउन ।राष्ट्रिय भूमि आयोगले भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पूर्जा दिने भएसंगै बाणगंगामा यस्ता परिवार करिव १० हजार पहिचान भएका छन् । ती जग्गाको नापी नक्साका लागि वाणगंगाका नगरपालिकाका विभिन्न २२ स्थानमा नियन्त्रण विन्दु राखिएको छ ।
नगरपालिकामा ६ सय १८ परिवार भूमिहिन दलित, २ हजार ९ सय ४१ परिवार भूमिहिन सुकुम्बासी र ६ हजार १ सय ७४ परिवार अब्यवस्थित बसोवासी गरि जम्मा ९ हजार ७ सय ३३ परिवारलाई डिजिटल निस्सा (कम्प्यूटरमा अभिलेख सुरक्षित भएको प्रमाण )प्रदान गर्ने गरी पहिलो चरणमा ३ वटा वडावाट यो का थालिएकोे भूमि इकाई कार्यालय बाणगंगाका प्रमुख खिम बहादुर जिसीले बताउनु भयो ।बाणगंगा नगरपालिकाका २ ,७ र ९ नम्वर वडाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई डिजिटल निस्सा प्रदान जारी राखेका छन् ।
यस अघि नगरपालिकाले पहिलो चरणमा असार २८ देखि अभियान सुरु गरेर वडा नम्बर ५, ६ र १० मा डिजिटल निस्सा प्रदान गरिसकेको छ ।साउन १ देखि वडा नं. २, ७ र ९ मा डिजिटल निस्सा प्रदानको काम जारी रहेको नगरपालिकाले जनाएको छ । साउनको ५ गते देखि बाँकी रहेका वडा नं. १, ३ र ४ मा डिजिटल निस्सा प्रदान गर्ने नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले वताउनु भयो ।त्यसै गरी वडा नं ८ र ११ मा अन्तिममा डिजिटल निस्सा वितरण गर्ने नगरको कार्य योजना छ
३ श्रावण २०७९, मंगलबार
प्रतिक्रिया