कृषि

बाणगंगाका किसानलाई अनुदानमा विद्युतिय च्याफकटर



कपिलवस्तु, ०४ साउन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले पशुपालन गर्ने किसानको लागी थप सहायता सामग्रि गरेको छ । पशुपालन गर्ने किसानहरु लाई विशेष सहयोग पुग्ने उद्देश्यले ७० प्रतिशत अनुदानमा विद्युतिय च्याफकटर (चारा मेशिन) प्रदान गरेको हो ।

पशुको लागी चारो काट्ने हाते मेसीन भन्दा पनि विद्युतिय मेसीन थप सहयोगी हुने भएकाले यस्तो मेसीन प्रदान गरीएको नगर प्रमुख चक्रपाणि अर्याले बताउनु भयो । गत मंसिरमा उक्त मेसीनको लागी खुलाइएका आवेदनमा २२ जनाको आवेदन परे पनि छनोटका विभिन्न प्रक्रिया पुरा गर्दा ८ जना कृषकको लागी उक्त मेसीन प्रदान गरीएको अर्यालको भनाई छ । किसानलाई उक्त कृषि उपकरणले लागत घट्ने, उत्पादन बढ्ने हुँदा यसले किसानालाई प्रत्यक्ष फाईदा पुग्ने नगर प्रमुख अर्यालको विश्वास छ । साथै उहाँले व्यवसायीक किसान बन्न यो सहयोगले थप प्रेरणा मिल्ने बताउनु भयो ।
यस्तै पशु शाखा प्रमुख राज कुमार तिवारीका अनुसार उक्त छनोट प्रक्रियामा पशुपालनमा लागेको समय, पशुपालन फर्म बाट भएको उत्पादन, उक्त फर्मले अन्य ब्याक्ति लाई दिएको रोजगारी, फर्मले वातावरणमा पारेको प्रभाव लगायत विभिन्न मापदणको आधारमा उक्त मेसीन प्रदान गरीएको बताउनु भयो ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६