कृषि

पानी परेपछि तराई/मधेसमा केही राहत




काठमाण्डौ ५, साउन ।पानी परेपछि तराई/मधेसमा केही राहत भएको छ । मनसुन ब्रेक भएको हप्ता दशदिनपछि हिजोदेखि पानी पर्न थालेको छ । पानी परेपछि तापक्रम केही घटेको छ भने किसानले धान रोपाइँको काम थालेका छन् । पानी नपर्दा रोपाइँ हुनसकेको थिएन ।त्यस्तै यसअघि रोपेको धान रोपोमै पहेँलिँदै जाँदा किसान चिन्तामा परेका थिए । अब केही दिन पानीले साथ दिए रोपाइँको काम सकिने महोत्तरी बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताउनुभयो ।
देशभर अहिलेसम्म ६५ प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म झन्डै ७६ प्रतिशत रोपाइँ भएको थियो । विशेषगरी यसपालि प्रदेश–१, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुन नसक्दा रोपाइँ प्रभावित भएको हो ।मलको अभावका कारण पनि किसानले बेलैमा रोपाइँ गर्न नसक्दा यस वर्ष धान उत्पादनमा असर पर्न सक्ने देखिएको छ । कतिपय ठाउँमा साउन महिनाभर नै धान रोपाइँ हुने भएकाले शतप्रतिशत नै रोपाइँ हुने कृषि मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६