साउन ५, खोटाङ –
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लक्ष्यका साथ राष्ट्रिय भूमि आयोग र खोटाङका १० पालिकाबीचमा सम्झौता गरिएको छ । भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गर्नेदेखि आवश्यक जमिन उपलब्ध गराएर लालपुर्जा वितरणसम्मका कामका लागि भूमि आयोग र पालिकाका प्रमुखबीचमा आज बुधवार सम्झौता भएको हो ।
दिक्तेलमा आयोजित जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र १० पालिकाका प्रमुख÷उपप्रमुखबीचमा २३ बुँदे सम्झौता कायम गरिएको हो । सम्झौता पत्रमा पालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम गर्ने, पालिकाले आयोगसँगको समन्वयमा प्रत्येक बस्तीका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको अनुमानित घर सङ्ख्याको लगत तयार गरी आयोग समक्ष पेस गर्ने लगायतका बुँदा उल्लेख छ ।
सम्झौता पत्रमा आयोग र पालकाले जग्गाको पहिचान र छनोट गर्ने, समझदारी–पत्रको अवधि उद्देश्य बमोजिमको काम सम्पन्न नभएसम्मका लागि कायम रहने उल्लेख छ ।
५ श्रावण २०७९, बिहिबार








प्रतिक्रिया