अन्तर्राष्ट्रिय

सुडानको झडपमा एक सयभन्दा धेरै जनाको ज्यान गयो



५ साउन ,
सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा परि १ सय ५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ भएको जातीय दङ्गामा झन्डै तीन सय जना घाइते भएका ब्लु नाइल राज्यका स्वास्थ्य मन्त्रीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
गएको जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा दङ्गा भएको थियो । स्वास्थ्य मन्त्री जमाल नासरले अहिले दङ्गाको अवस्था केही शान्त भएको बताउनुभएको छ । त्यहाँ सेनाको तैनाथी छ ।
दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईबस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक झडपका घटना हुने गरेका छन् ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६