प्रदेश

वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने डीएसपीमाथि छानबिन गर्न निर्देशन



रुपन्देही, ५ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई पौडी पोखरामा धकेल्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि कारबाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) राईले भने, ‘छानबिन गर्न प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखलाई पनि भनिएको छ, हरेक कुरामा समिति बनाउन जरुरी हुन्न । प्रदेश र जिल्लाबाटै छानबिन गरेर कारबाही गर्न भनिएको छ ।’

नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष पनि माग गरेको थियो ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६