प्रदेश

बाणगंगा ८मा करेन्ट लागेर १ महिलाको मृत्यु



कपिलवस्तु,०५ साउन । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका  ८ चप्परगाउमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नुहाउने क्रममा धारामा जोडेको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा ४९ बर्षीय माया भाट क्षेत्रीको मृत्यु भएको हो ।

करेन्ट लाग्नासाथ कपिलवस्तु सामुदायिक अस्पताल लगीएको भएतापनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । उनका १ श्रीमान २ छोरा र एउटी बुहारी रहेकी छन । उनको बाणगंगास्थित लक्ष्मणघाटमा दाहसंस्कार गरीएको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६