जीवनशैली

अब केही दिन ठूलो पानी नपर्ने



काठमाण्डौ ६ साउन – आज हिजो र अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पानी पर्ने प्रणाली फेरि दक्षिणतर्फ अर्थात मध्य भारततर्फ सर्न थालेकाले नेपालमा केही दिनलाई लगातार झरी र ठूलो वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयो।
मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेकाले हिजो र अस्ति देशका धेरै ठाउँमा वर्षा भएको थियो भने केही ठाउँमा ठूलो पानी समेत परेको थियो । तर, अहिले मनसुनको न्यून चापीय रेखा फेरि दक्षिणतर्फ सर्ने क्रममा रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।
केही दिनअघि मनसुनको न्यून चापीय रेखा दक्षिणमा हुँदा नेपालभर गर्मी बढेको थियो । पानी पर्न नसक्दा प्राय सबै ठाउँको अधिकतम तापक्रम बढेको थियो । अहिलेलाई यस्तै अवस्था हुने सम्भावना भने नरहेको तर पानी नपर्दा गर्मी भने केही बढ्ने मौसमविद्ले बताएका छन् ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६