खेलकुद

एन्फा विवाद चाँडै समाधान गर्न राखेपको सुझाव



काठमान्डौ ६ साउन,
राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई सुझाव दिएको छ । भारतमा हुने साफ यु–२० फुटबल खेल्न जाने नेपाली टोलीको विदाइ गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यसमिति बनेको एक महिना पुग्दा नपुग्दै सुरु भएको विवाद जतिसक्दो छिटो सल्ट्याउन सुझाव दिएका हुन् । एन्फाको बिहीबार तय भएको दोस्रो कार्यसमिति बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो । बैठकको सुरुआतमै अध्यक्ष पंकज नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए । तर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्षले बैठक स्थगित गरेका थिए । बैठक स्थगित भए पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित १२ पदाधिकारीरसदस्यले अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन बुझाएका छन् ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६