कपिलवस्तु साउन ६ ।कपिलवस्तुमा वितेको एकबर्षको अवधिमा सवारी साधन दुर्घटनामा केही कमि आएको छ । आर्थिक वर्ष ०७७ /७८ मा सवारी दुर्घटनाबाट ७५ जनाले ज्यान गुमाएका थिए भने दुर्घटना संख्या १ सय ३३ रहेको थियो । आर्थिक वर्ष ०७८/ ७९ मा ६९ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् भने १ सय २५सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटना न्युनिकरण हुनुमा जनचेतना मुलक कार्यक्रमलाई तिव्रता दिनु, मापसे चेकजाँच कडाइका साथलागु गर्नु, तीव्र गतिमा सवारी हाक्ने प्रवृत्तिमा कमि ल्याउनु, ओभरलोड नियन्त्रण गर्नु, सडक पार गर्दा जथाभावी नगरी जेव्रा क्रसवाट गर्नु रहेको टा्फिकप्रहरी कार्यालय गोरुसिँगेका प्रहरी निरिक्षक बलराम टमटाको दावी छ ।
दुर्घटनाको प्रकृति हेर्दा अधिकांश दुर्घटना मोटरसाइकलबाट भएका छन् जसमा अधिकाँश पुरुष छन् । विगत केही वर्षदेखी दुर्घटना न्युनिकरणका लागी देशभर नै मापसे चेकजाँचगदैं आएको टफिक प्रहरीले कपिलवस्तुको राजमार्ग क्षेत्रका गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर, पिपराका साथै सदरमुकाम तौलीहवा, पकडीमा समेत चेकजांचमा कडाइ गरेको छ । तर, पनि बढ्दो सवारी चाप, साँघुरा सडक, ट्राफिक नियम उल्लङ्घन, लुकिटिपी मापसेका कारण बर्षेनी सवारी दुर्घटनाबाट मानिसको ज्यानजाने क्रमभने रोकिएको छैन
६ श्रावण २०७९, शुक्रबार
प्रतिक्रिया