खोज–अनुसन्धान

चोरीका आधादर्जन बाइक सहित गिरोहका ३ पक्राउ




दाङ ६ असार । दाङवाट चोरीका आधादर्जन बाइक सहित गिरोहका ३ सदस्य पक्राउ भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले चोरी गरी बेच्नका लागि ठिक पारिएका ६ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं। ९ सखी घरभई घोराही उपमहानगरपालिका वडा नं। १४ बसोबास गर्दै आइरहेका ३० वर्षिय भानु बुढा, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ छिल्लिकोट घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं। ११ बस्दै आइरका मदन पुन र तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ दुधरासका १८ वर्षिय बादल नेपाली रहेका छन् ।
उनीहरु लु ३७ प ८३४३ नम्वरको १२५, रा ६प ४१५४ नम्वरको १५० , रा २ प ९३४४ नम्वरको २२०, रा ६व ४३०९ नम्वरको २०० रा ६प ३३८८ नम्वरको १५० सिसिको पल्सर र लु ६० प ३४९१ यामाह मोटरसाइकल बेच्ने तरखरमा थिए । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजानिक गरेको हो । पक्राउ परेका तीन जनाले विगत पाँचवर्षदेखि दाङमा मोटरसाइकल चोरी गर्दै आइरहेका खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले उनीहरुले पाँचवर्षदेखि निरन्तर मोटरसाइकल चोरी गर्दै आएको खुलेको बताए ।
बजारमा चोरी गरेलगत्तै ती मोटरसाइकल उनीहरुले पहाडी गाउँमा वा बनमा लगेर लुकाउने गरेको पाइएको छ । पछिल्लो समय बरामद भएको मोटरसाइकल मकैवारी, वन र झाडीमा लुकाएर ग्राहक खोज्ने र बेच्ने काम गर्दै आएको पाएको उनले बताए । यसरी मोटरसाइकल बेच्ने कार्य गर्न खोज्दाखोज्दै प्रहरी विशेष सूचनाका आधारमा अभियुक्तसम्म पुग्न सफल भएको हो ।

कहाँ बेच्छन् चोरीका सामान ?
अभियुक्तहरुले दाङमा बेच्न परे मोटरसाइकल ग्यारेजमा अर्थात वर्कशपहरुमा केही बिक्रिवितरण गरेको पाइएको छ । तर अधिकांश दाङमा चोरी भएका मोटरसाईकल जिल्ला बाहिर पुग्ने गरेका छन् । बुटवल, नेपालगन्जदेखि रोल्पा, रुकुम लगायतका छिमेकी जिल्लाहरुमा पुग्ने गरेको छ । उनीहरुले १० हजार भन्दा बढी रकमका सो मोटरसाइकल बेच्दै आइरहेको खुलेको छ । एसपी काफ्लेले भने,‘ यता चोरी गरी उता लैजाने, उता चोरी गरी यता ल्याउने काम गिरोह गर्दै आइरहेको खुलेको छ ।’

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६