जानु पाण्डे
कपिलवस्तुुु, ७ साउन ।
नेपाल प्रहरीले पालिका स्तरमा सामुदायीक कार्यक्रम सञ्चालन गर्न समुदाय प्रहरी पालिका समिति गठन गरीएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नगर प्रमुख केशव कुमार श्रेष्ठको संयोजकतामा समिति गठन गरिएको छ । इलाका प्रहरी कार्यालय गोरुसिगेंमा शुक्रवार सम्पन्न बैठकले समिति गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पालिकामा हुने महिला हिन्सा, लागु औषध दुव्र्यसनी, अपराध न्यूनिकरणमा समितिले योजना बनाई कार्यान्वयन गर्ने बताउनु भयो । समितिले बार्षिक योजना, समन्वय, अनुगमन। मुल्यांकनका साथै समुदायमा सचेतना फैलाउने खालका कार्यक्रम गर्ने इलाका प्रहरी कार्यालय गोरुसिगेंका प्रहरी निरीक्षक शशीधर शर्माले बताउनु भयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले वडा स्तरमा गई कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
७ श्रावण २०७९, शनिबार








प्रतिक्रिया