प्रदेश

दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउँदैनः माधव नेपाल




काठमाण्डौं, ०७ साउन ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने दाबी गरेका छन् । शनिवार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवद्र्धन हुने कुरा सम्भव नहुने बताए । उनले देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृत्ति देखापरेको भन्दै यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन् । तर डराउनुपर्ने अवस्था छैन । हामीले नेपालको इतिहासका पानाहरू निर्माण गरेका छौँ । इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौँ । कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौँ । खास गरेर पुष्पलालबाट दिक्षित भएका हामीले नेकपा (एकीकृत समाजवादी) क्रान्तिकारी पार्टी खोलेका छौँ । जसले छुट्टै अस्तित्व देखाएको छ । अस्तित्व भनेको आफ्नै क्रान्तिकारी चरित्रको आधारमा नै अरुभन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ, इमान्दार राजनीतिको निम्ति, समर्पित राजनीतिको निम्ति देश र जनताको निम्ति हामीले अग्रसरता लिनुपर्ने आवश्यकता छ ।’

उनले नेपालको राजनीतिमा भ्रष्ट प्रवृत्ति देखा परेकोले बेलैमा सचेत हुनुपर्ने आवश्यक्ता रहेको स्पष्ट पारे । अध्यक्ष नेपालले पुष्पलालबाट दीक्षित भएर नै नयाँ पार्टी खोलेको बताए । उनले आफूले इतिहासका पानाहरू निर्माण गरेको र इतिहासमा नयाँ कीर्तिमान कायम गरेको उल्लेख गरे ।

मुलुकमा भ्रष्ट प्रवृत्ति देखापरेको बताउँदै उनले भने, ‘हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ । राजनीतिमा विकृतिहरु, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ । भ्रष्ट प्रवृत्ति देखिरहेको छ । दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्सान पुर्याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवद्र्धन हुने कुरा सम्भव छैन ।’

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीले देशमा छुट्टै पहिचान बनाइसकेको बताउँदै पार्टीको राजनीति देश र जनताका लागि मात्रै सिमित हुने बताए ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६