ब्रेकिंग न्युज

नगरका छाडा चौपायाको उद्धार गरी गौशाला पठाइयो



डोटी ७ साउन – डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रका छाडा छौपायाको उद्धार गरी गौशालामा पठाएको छ ।
दिपायल सिलगढी नगरपालीकाको सहयोग र गोलेदेउला भवानी गौशाला समिति सायल गाउँपालिका– ६ दल्लेखको सहकार्यमा आज दिपायल, पिपल्ला, एअरपोर्ट, राजपुर, सुनगाढा क्षेत्रमा छाडा छोडिएका गाईको उद्धार गरी गौशाला लगिएको छ ।
यहाँका बजार तथा अन्य आसपासका क्षेत्रमा छाडा छोडिएका ५८ वटा गाईलाईजम्मा गरी रेखदेख,पालन पोषण तथा स्याहारसुसारका लागि गोलेदेउला भवानी गौशाला समितिलाई जिम्मा दिइएको नगर प्रमुख बाजीसिंह खड्काले बताउनुभयो ।
यसैगरी नगर क्षेत्रका जुनसुकै ठाउँमा छाडा रुपमा छोडिएका गाई नगरपालिका तथा वडासँग सहकार्य गरी गोलेदेउला भवानी गौशाला समितिमा पुर्‍याउने वातावरण गरी दिन नगरपालिकाले आम नगरवासीमा आग्रह समेत गरेको छ । दिपायल क्षेत्रमा लामो समयदेखि छाडा छोडिएका चौपायाले यहाँका किसानले लगाएका बालीनाली खाएर हैरानी गरेका थिए ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६