प्रदेश

निःशुल्क चश्मा वितरणः बुद्धभूमीका ५८ जना लाभान्वित




कपिलबस्तु, ०७ साउन ।

हेल्पिङ ह्याण्डस हेल्थ एण्ड एजुकेशन ईन्टरनेशनलको आर्थिक सहयोगमा प्राप्त भएको नजिकको दुरीको लागि उपयोगी हुने चश्मा बुद्धभुमी नगरपालिकामा निःशुल्क वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्गर्तत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक सहयोग र बुद्धभुमी नगरपालिकाको स्थानीय व्यवस्थापनमा आयोजना गरिएको निःशुल्क चश्मा वितरण कार्यक्रममा बुद्धभुमी नगरपालिकाका वडा नं.१ देखि १० सम्मका ४० बर्ष माथिका जनप्रतिनिधीहरु र नगरपालिकामा कार्यरत कर्मचारीहरु समेत गरी ५८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको हो । उक्त चश्माको सहायताले नजिकको लेखपढ र अन्य मसिनो कार्यहरु गर्न सजिलो हुने अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले जानकारी गराउनु भयो । साथै चश्मा कार्यालयको कामकाज गर्नको लागि अति नै उपयोगी हुने समेत उहाँले बताउनु भयो ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा।सुलक्ष्मी कटुवाल को अध्यक्षता र बुद्धभुमी नगरपालिकाका प्रमुख केशब कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको चश्मा वितरण कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख श्रेष्ठ ले छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल,बहादुरगंजले आँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गरेको र अस्पताल सिंगो कपिलबस्तु जिल्लाकै गहना भएकोले यसको स्तरोन्नतीको लागि सबैले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । उहाँले आर्थिक बर्ष २०७९/०८० को नगरपालिकाको बजेट मार्फत अस्पतालको भौतिक पुर्वाधार र निःशुल्क आँखा शिवीरको लागि बिनियोजन गरिएको बताउनु भयो । साथै अब छिट्टै नै अस्पताल र नगरपालिकाबीच सम्झौता गरेर यस अघि संचालन हुदै आइरहेको साप्ताहिक आँखा उपचार क्लिनिकलाई पनि निरन्तरता दिइने नगर प्रमुख श्रेष्ठ ले जानकारी दिनु भयो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै चिफ मेडिकल डाइरेक्टर डा।सुलक्ष्मी कटुवालले अन्धोपन न्युनीकरणको लागि आँखा अस्पताल र बुद्धभुमी नगरपालिकाबीचको समन्वय र सहकार्य बिगतका बर्षहरुदेखि नै हुदै आएको र साप्ताहिक आँखा उपचार क्लिनिकको माध्यमबाट नगरबासीहरुले आप्mनो घरदैलोमा नै आँखा स्वास्थ्य सेवा पाइरहेको र नगरपालिकाले अस्पताललाई गरेको सहयोगको लालि नगर प्रमुख र नगरपालिका परिवारलाई धन्यबाद ज्ञापन गर्नु भयो ।

साथै आगामी दिनहरुमा पनि नगरपालिकाबाट सकारात्मक सहयोगको अपेक्षा रहेको उहाँले बताउनु भयो । निःशुल्क चश्मा वितरण कार्यक्रममा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालका नेत्र अधिकृत ओपेन्द्र चन्द,नेत्र सहायक सरताज हुसेन,ल्याब टेक्निसियन देबराज शर्मा,मधु खड्का लगायतको प्राविधिक टोलीले सेवा दिएको थियो । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गर्नु भएको थियो ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६