ब्रेकिंग न्युज

सुनौली नाकामा बिदेशी संक्रमित भेटिने क्रमबृद्धि :आइशोलेशन अभावमा सिधै होटलमा प्रबेश




भारतबाट सुनौली नाका हुँदै नेपाल भित्रिनेमध्ये तेस्रो मुलुकका नागरिकहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यहाँ नियमित परीक्षणका क्रममा फेला परेका सङ्क्रमितमध्ये अधिकांश भारतीय रहेकोमा पछिल्ला दिनहरूमा तेस्रो मुलुकका नागरिकहरूलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताएका हुन् । यहाँ दैनिक २ सय देखि ३ सयको परीक्षण गर्दा अहिले दैनिक ८/१० जनामा कोरोना सङ्क्रमण देखिने गरेको छ । नाका बिहान ६ बजेदेखि राति १० बजे सम्म खुल्ला रहने भए पनि विदेशीहरूको लागि २४ घण्टा खुल्ला रहन्छ । त्यस क्रमका कोरोना चेकजाँच गर्दा दैनिक रूपमा १र२ जना विदेशीलाई कोरोना पोजेटिभ देखिएको शाहले बताए ।साउन लागेपछि दैनिक नाकामा ८/ १० जनाको दरमा कोरोना भेटिएका मध्ये तेस्रो मुलुकका अमेरिका, जर्मनी तथा विभिन्न बुद्धिस्ट राष्ट्रका नागरिकहरू रहेका छन् । उनीहरू सबै आइसोलेसनमा बसेका छन् ।
आइसोलेसनको अभावमा विदेशीहरू होटेलमा बस्दै
बेलहियास्थित हेल्थ डेस्कमा परीक्षण गर्दा सङ्क्रमित पाइएकाहरूलाई राख्न विगतमा सिद्धार्थ नगरपालिकाले आइसोलेसन तयार रहेको थियो । तर अहिले सो आइसोलेसन सञ्चालनमा छैन । केही घण्टा नाकामा राखे पनि त्यसपछि बिरामीले आफै व्यवस्था गर्नुपर्छ । भारतीय नागरिकहरूलाई कोरोना देखिएमा भारत नै फिर्ता पठाउने गरिएको छ भने नेपालीहरूलाई रुपन्देहीको हकमा रेडक्रस मार्फत घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ । अन्य जिल्लाको हकमा सम्बन्धित स्थानीय तह या आफै गाडीको व्यवस्था गरेर घर पठाउने गरिएको छ । तेस्रो देशका नागरिकहरूलाई भने वेलहियामा रहेको पर्यटक प्रहरीको समन्वयमा होटेलमा आफै रकम तिर्ने गरी बस्ने व्यवस्था मिलाएको छ ।सुनौली नाकामा अहिले दैनिक ३ सयसम्म एन्टीजेन परीक्षण गर्ने गरिएको छ । असार १ गते देखि आजसम्म जम्मा ७९८० परीक्षण गरिएको नाका ल्याब टेक्निसियन लोकेन्द्र कँडेलले बताए । जसमा १५५ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६