कपिलवस्तु १६ साउन । मृगौला पिडित र उनीहरुका आफन्त खुशी हुने क्षण कपिलवस्तुमा डायलासिस सेन्टर शुरु भएपछि हुने भएको छ ।गौतम बुद्ध सामुदायिक मुटु अस्पतालद्वारा संचालन हुन गइरहेको कपिलवस्तु डायलासिस सेन्टर जेशिस भवन बाणगंगा १ बैरियावाट १ हप्ता भित्रै संचालनमा आउने भएको छ । त्यहा विद्युत जडानको काम बाहेक सम्पुर्ण काम पुरा भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनु भयो । 
बैरिया क्षेत्रमा बिजुली भोल्टेजको समस्या रहेकोले थप २५ केभिए चाहिने हुँदा नयाँ २०० केभिएको ट्रान्सर्फमर लगाउन गरिएको पहल अनितम चरणमा पुगेको प्रदेश सांसद विष्णु पन्थीले वताउनु भयो । उहाले १/२ दिन भित्र बिद्धुत कार्यालयले आफ्नो काम पुरा गर्नेछ र जडान भएको एक हप्ता भित्र सेवा सुरु गर्न सकिने छ भन्दै यो क्षण कपिलवस्तु र अर्घाखाँचीवासी दुबैकालागि सुखद हुने वताउनु भयो । छिटो सेवा संचालन गर्न चाहादा चाहादै पनि ढिलो भएकोमा सांसदका हिसावले जनतासंग क्षमा याचना गर्दै आफ्नो एक महत्वपूर्ण वाचा पुरा हुन लागेको सांसद पन्थीले जानकारी दिनु भयो ।








प्रतिक्रिया