पार्वती पाण्डे
कपिलवस्तु २९ साउन। नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले मंसिर ४ ले देशमा विकास र निकास ल्याउछ ,एमाले मूलगेटवाट सिंहदरवार आउछ भन्ने दावि गर्नु भएको छ । उहाले सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको अहिलेको बर्तमान सरकारले जनताका निम्ती कुनै काम गर्न नसकेको बताउनु भएको छ । उहाँले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउदै देशलाई निकास र विकास दिन अब एमालेको सरकार आउनुपर्ने बताउनुभयो । नेकपा एमाले कपिलबस्तुले आयोजना गरेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । साथै उहाँले निर्वाचन आयोगले सिफारिस गर्दा समेत बर्तमान गठबन्धन सरकार निर्वाचन गराउन नचाहेको भन्दै नेकपा एमालेले पटक पटक दबाब दिएका कारण नै संघ र प्रदेशको निर्वाचनको मिति तोक्न बाध्य भएको औल्याउनुभयो ।

उहाँले नेकपा एमालेले ७ बर्ष मात्रै सरकार संचालन गर्ने अवसर पाए पनि नेपाली कांग्रेसको ४७ वर्षको शासनको तुलनामा देशमा धेरै नै विकास गरेको दाबी गर्नु भयो ।उहाँले नेपाली कांग्रेसको नेतृत्वमा ४७ बर्ष सरकार संचालन भए पनि देशमा कुनै पनि किसिमको विकास हुन नसकेको र्तक गर्नुभयो ।यस्तै प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सचिव एवम लुम्विनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टी संगठनको शुद्धिकरण, सुढृढिकरण र पुर्नव्यवस्थीत गर्दै अहिले ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन भइरहेको बताउनुभयो ।उहाँले भन्नु मिसन मंसिर ४मा एमाले सबै भन्दा ठूलो दल बन्नवाट कसैले रोक्न नक्ने वताउनु भयो । स्थानीय तहको निर्वाचनको समिक्षा गर्दै कमिकमजोरीहरुलाई आत्मसाथ गर्दै पाटी अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भयो।

दाङको घोराहीमा प्रदेशस्तरिय प्रशिक्षण गरिसकेको बताउदै नेता विश्वकर्माले १२ वटै जिल्लाका प्रशिक्षणहरु आउदो भाद्र १ गते सक्ने योजना रहेको बताउनु भयो । भाद्र १५ सम्म पालिका देखि वडा टोल सम्मका प्रशिक्षण र वैठक सक्ने योजना रहेको जनाउदै सोहि अनुसार योजना कार्यान्वयन गर्न कार्यकर्तालाई निर्देशन दिनु भयो । अबको मंशिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नयाँ उर्जाका साथ आजैबाट लाग्न समेत उहाँले सबैमा अपिल गर्नु भयो ।प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेको पोलिटब्यूरो सदस्य विमला घिमिरोले पार्टीलाई मजबुत बनाएर जानुपर्छ भन्ने विषयलाई समिक्षा गरेर अगाडी बढ्न जरुरी रहेको बताउनुभयो । आफुले गरेको काम कर्तव्य र अधिकारको विषयमा पार्टीको बैठकमा जानकारी गराउनुपर्ने बताउदै जनप्रतिनिधी भएर काम गर्दा पार्टीसंग समन्वय गरेर काम गर्नुपर्ने औल्याउनुभयो ।जनप्रतिनिधि र पाटी बिच समन्वय हुदा विकास देखि लिएर हरेक कामको परिणाम राम्रो हुने बताउनु भयो ।
यस्तै केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले बोल्दै समावादी व्यवस्था स्थापना गर्न गर्नका निम्ती संघ र प्रदेशको चुनावमा नेकपा एमालेले जित्नै पर्ने औल्याउनुभयो । उहाँले गठबन्धनले जित्यो भने कांग्रेसको नेतृत्मा समाजबाद नभई बर्बादबाद, दलालपुँजीबाद आउने दाबी गर्नुभयो ।यस्तै लेखा आयोगका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले नेकपा एमाले हरेक हिसाबले पहिलो पार्टी रहेको बताउदै एमाले पार्टीमा मुलुककै अनुशासित कार्यकर्ता भएको बताउनुभयो ।उहाँले एमाले जस्तौ लौह अनुशासनमा चल्ने स्वचालित संयन्त्र भएको पार्टीसंग ५ दलिय गठबनधनले जित निकाल्न सहज नभएको वताउनु भयो ।एमालेका केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज बलराम अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिदै अव पालिका र टोलतह सम्म एमाले सघन प्रशिक्षणका साथ उपस्थित हुने वताउनु भयो ।

उक्त प्रशिक्षण कार्यक्रममा करिव ५ सय बढी अगुवा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो । जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तव्य र सचिव सिवी गहतराजको संचालनमा सम्पन्न प्रशिक्षणमा जिल्ला कमिटीका सदस्य ,स्थानीय पालिकाका निर्वाचित मेयर उपमेयर र वडाध्यक्ष , पार्टीका जिल्ला साल्लाहकार सदस्य , जिल्ला विभागका सदस्य , पालिका कमिटीका पदाधिकारी ,जनसंगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष गरी करिव ५ सय बढी अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।








प्रतिक्रिया