पार्वती पाण्डे
कपिलवस्तु ५ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य बिमला घिमिरेले एमालेले गरेका काम लिएर गाउँ गाउँ जनता समक्ष जान कार्यकर्तालाई आग्रह गर्नु भएको छ । उहाँले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउदै देशलाई निकास र विकास दिन अब एमालेको सरकार आउनुपर्ने जोड दिनु भयो । अनेमसंघ जिल्ला कमिटि कपिलबस्तुले आइतवार ४ नं ठाकुरापुरमा नेपाली महिलाहरुको हरितालिका तिजको अवसरमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । साथै उहाँले निर्वाचन आयोगले सिफारिस गर्दा समेत बर्तमान गठबन्धन सरकार निर्वाचन गराउन नचाहेको भन्दै नेकपा एमालेले पटक पटक दबाब दिएका कारण नै संघ र प्रदेशको निर्वाचनको मिति तोक्न बाध्य भएको औल्याउनुभयो ।

उहाँले नेकपा एमालेले साडे ७ बर्ष मात्रै सरकार संचालन गर्ने अवसर पाए पनि नेपाली कांग्रेसको २७ वर्षको शासनको तुलनामा देशमा धेरै नै विकास गरेको दाबी गर्नु भयो ।साथै नेता घिमिरेले अनेमसंघको इतिहास , महिला आन्दोलनका उपलब्धि र आगामी कार्यभारका बारेमा प्रशिक्षित गर्नु भएको थियो ।यस्तै प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले पार्टी संगठनको शुद्धिकरण, सुढृढिकरण र पुर्नव्यवस्थीत गर्दै अहिले ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन भइरहेको बताउनुभयो ।उहाँले भन्नु भयो , मिसन मंसिर ४मा एमाले सबै भन्दा ठूलो दल बन्नवाट कसैले रोक्न नक्ने वताउनु भयो । नेता अधिकारीले समसायिक परिस्थिती र आगामी निर्वाचनमा पार्टीको दायित्वका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

भाद्र १५ सम्म पालिका देखि वडा टोल सम्मका प्रशिक्षण र वैठक सक्ने योजना रहेको जनाउदै सोहि अनुसार योजना कार्यान्वयन गर्न कार्यकर्तालाई निर्देशन दिनु भयो । अबको मंशिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नयाँ उर्जाका साथ आजैबाट लाग्न समेत उहाँले सबैमा अपिल गर्नु भयो ।प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले पार्टीलाई मजबुत बनाएर जानुपर्छ भन्ने विषयलाई समिक्षा गरेर अगाडी बढ्न जरुरी रहेको बताउनुभयो । पाटीले गरेको काम कर्तव्य र अधिकारको विषयमा पार्टीको बैठकमा जानकारी गराउनुपर्ने बताउदै जनप्रतिनिधी भएर काम गर्दा पार्टीसंग समन्वय गरेर काम गर्नुपर्ने औल्याउनुभयो ।जनप्रतिनिधि र पाटी बिच समन्वय हुदा विकास देखि लिएर हरेक कामको परिणाम राम्रो हुने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रदेश कमिटि सदस्य शारदा शर्माले समाजवादी व्यवस्था स्थापना गर्न गर्नका निम्ती संघ र प्रदेशको चुनावमा नेकपा एमालेले जित्नै पर्ने औल्याउनुभयो । संघका केन्द्रीय सदस्य समेत रहनु भएका शर्माले सांगठनीक पद्धती , शैली र अनुशासनका बारेमा बोल्नु भएको थियो ।

यस्तै पाटी उपसचिव शुसिला दर्लामीले नेकपा एमाले हरेक हिसाबले पहिलो पार्टी रहेको बताउदै एमाले पार्टीमा मुलुककै अनुशासित कार्यकर्ता भएको बताउनुभयो ।उहाँले एमाले जस्तौ लौह अनुशासनमा चल्ने स्वचालित संयन्त्र भएको पार्टीसंग ५ दलिय गठबनधनले जित निकाल्न सहज नभएको वताउनु भयो । उपसचिव दर्लामीले संगठनको महत्व र सांगठनिक ढाँचाका बारेमा जानकारी गराउनु भएको थियो ।उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला भरका संघका महिलाहरुको सक्रिय उपस्थीती रहेको थियो । संघका अध्यक्ष चेतना अधिकारीको अध्यक्षता, उपाध्यक्ष शान्ता पाण्डेको स्वागत मन्तव्य र सचिव धनु अधिकारीको संचालनमा भएको प्रशिक्षणमा निर्वाचित महिला जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया