बुटवल ५ भदौ । बुटवल उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गर्दै मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघ भित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने निर्णय गरिएको नगर प्रवक्ता शिव रानाले जानकारी दिए।स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ।क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरुको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिए।नगरका कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ।
खर्चमा मितव्ययिता अपनाउनका लागि नगरपालिकाका कर्मचारीहरुको ईन्धन र मोवाईल खर्च कटौती गरिएको नगरपालिकाले प्रेस नोट मार्फत जानकारी गराएको भएता पनि के कती कटौती गरीयो भन्ने खुलाईएको छैन्।बुटवल उपमहानगरका महासाखा प्रमुख र साखा प्रमुखले मासिक १ हजार सन्चार खर्च तथा प्राविधिक र प्रशासनका बहुसंख्यक कर्मचारीले मासिक १० देखि १५ लिटर सम्म ईन्धन सुविधा पाउदै आएका थिए।त्यसका साथै आउदो मंसिर महिना भित्र उपमहानगर भित्रका उपभोक्ता समितीहरु संग सम्झौता गर्ने गरी तालिका स्वीकृत गरेको नगरपालिकाले जनाएको छ।नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले नगरक्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको रानाले बताए।
बैठकले बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ नगरपालिकाले जनाएको छ ।बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिए।
प्रतिक्रिया