प्रदेश

दलीय भागबन्डा भएपछि बान को नेतृत्व चयनमा विवाद



काठमाण्डौ ६ भदौ – व्यावसायिक रेडियोहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालु (बान) को नेतृत्व चयन प्रक्रियामा विवाद भएको छ ।
यही भदौ ४ गते शनिवार भक्तपुरमा सुरु भएको बानको सातौँ महाधिवेशनले गए रातिसम्म नेतृत्व छान्न सकेको थिएन । तर मध्यरातमा एकाएक दलीय भागबन्डाको आधारमा कार्यसमितिको घोषणा भएको छ । निर्वाचन समितिले सहमतिमै नयाँ कार्यसमिति चयन भएको जिकिर गरेको छ ।
निर्वाचन समितिले अध्यक्षमा कुमार भट्टराई, वरिष्ठ उपाध्यक्षमा उज्ज्वल चौलागाईँ, उपाध्यक्षमा गोविन्द रोस्यारा, दुर्गा अधिकारी र राजकुमार थापा तथा महासचिवमा नवीन राई रहेको कार्यसमितिको नाम टाँसेको छ । तर अध्यक्षकी दाबेदार दुर्गा अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ नेतृत्व चयनको खबर गलत भएको उल्लेख गर्नुभएको छ । उहाँले बानको सातौँ महाधिवेशनलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न नसकेकोमा माफी माग्दै सर्वसम्मत नयाँ कार्यसमितिको खबर झुटो भएको बताउनुभएको छ ।
यसैबीच प्रेस युनियन, प्रेस चौतारी र प्रेस सङ्गठनका पदाधिकारीले निर्वाचन समितिलाई प्रभावमा पारेर पूर्णरूपमा गैरकानुनी हिसाबले नयाँ कार्यसमिति चयन भएको भन्दै स्वतन्त्र रेडियो सञ्चालकले छुट्टै कार्यसमिति बनाएका छन् । स्वतन्त्र रेडियो सञ्चालकहरूले रेडियो अडियोका प्रमुख दिपेन्द्र खनियाको अध्यक्षतामा छुट्टै कार्यसमिति घोषणा गरेर आफूहरूको समिति नै आधिकारिक भएको दाबी गरेका छन् । खनिया नेतृत्वको कार्यसमिति आधिकारिकताको दाबी गर्न जिल्ला प्रशासन कार्यालयमा जाने तयारीमा रहेको छ ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६