काठमाडौं ६ भदौ ।डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाबाट विद्रोह गरेर नेपाल समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष बनेका चौधरी एमाले प्रवेश गरेका हुन् ।
सोमवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा चौधरीसहित नेसपाका लुम्बिनीका नेताहरू पार्टी प्रवेश गरे ।डन२०५६ सालमा एमालेबाट कपिलवस्तुको क्षेत्र नम्बर १ को सांसद निर्वाचित भएका चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएर चुनाव लडेका थिए । उनी यसबीचमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए ।
चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किएका हुन् । सोही कार्यक्रममा दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनि माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छन् ।नव प्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद्का सभापति अमृत बोहोरा लगायतका नेताले स्वागत गरेका थिए ।
६ भाद्र २०७९, सोमबार
प्रतिक्रिया