ब्रेकिंग न्युज

नगरभित्रका सामुदायिक उमाविको शुल्क निर्धारण गर्न कार्यदल गठन




कपिलवस्तु ७ भदौ ।बाणगंगा नगरले उच्च मावितहमा लिइने शुल्क समायोजन गर्न र अभिभावकले बोझको रुपमा नलिने गरि समायोजन गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले अध्ययन गरि उचित शुल्क सिफारिस गर्नेछ । वाणगंगाका कक्षा १२ सम्म सञ्चालित सामुदायिक विद्यालयहरुले आफु खुसी करिब ४५ प्रतिशत शुल्क बृद्धि गरेपछि आन्दोलित बनेका ६ विद्यार्थी सङगठन र सामुदायिक विद्यालयका व्यवस्थापन समिती अध्यक्षहरु एवम प्रअका विच बाणगंगा नगरको आयोजनामा भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।


विद्यालयहरु शुल्क घटाउन मजबुर नभएको विद्यार्थी सङगठनहरु शुल्क नघटे आन्दोलनमा जाने अडान राखे पछि अभिभावकहरुबाट मासिक रुपमा उठाइदै आएको सहयोग शुल्क वापतको रकमको अध्ययन गर्न एक कार्यदल गठन भएको छ । वाणगंगा नगरका प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा भएको छलफलबाट नगरका प्रवक्ता विष्णु पौडेलको संयोजकत्वमा ११ सदस्यीय शुल्क समायोजन कार्यदल गठन गरिएको प्रमुख अर्यालले जानकारी दिनु भयो ।
कार्यदलमा नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जिसि सदस्य सचिव रहनु भएको छ भने व्यवस्थापन समितिका तर्फबाट हुमनाथ पौडेल सदस्यमा रहनु भएको छ । यसै गरी सामुदायिक विद्यालयका शिक्षकका तर्फबाट रमेश पन्थी र रामप्रसाद भण्डारी कार्यदलको सदस्य रहनु भएको छ । यसै गरी ६ विद्यार्थी सङगठनका १÷१ जना रहेका छन् । जसमा अनेरास्ववियुबाट दयाराम पौडेल, अनेरास्वयु समाजवादि निकटबाट कमल बेल्बासे, अनेरास्ववियु क्रान्तिकारीबाट हरिस चन्द्र खनाल, नेविसंघका प्रतिनिधि अच्चुत अर्याल, अखिल कान्तिकारी संयोजक सपना खनाल रहेका छन् । कपिलवस्तुको वाणगंगामा रहेका १४ वटा उमाविले कक्षा ११ र १२ को विभिन्न नाममा शुल्क बृद्धि गरेको विरुद्धमा विभिन्न विद्यार्थी सङगठनहरुले ज्ञापन पत्र पेस गरका थिए ।


सोही ज्ञापन पत्र माथी छलफल गर्दै प्रमुख अर्यालले नगर र शिक्षा शाखालाई पनि जानकारी नदिई सामुदायिक विद्यालयले रु ७ सयबाट बढाई १ हजार पुर्याएको भन्दै विद्यार्थी सङगठनले लिखित गुनासो गरे पछि छलफल आयोजना गरिएको बताउनु भयो । नगरका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले कक्षा १२ सम्मका सामुदायिक विद्यालयको शैक्षिक नियमन गर्ने दायित्व नगरको भएको भन्दै विधि प्रकिया मिचेर शुल्क बढाउदा यो अवस्था आएको स्पष्ट पार्नु भयो ।
छलफलमा पत्रकार महासंघका पूर्व अध्यक्ष उवम बुद्धआवाजका व्यवस्थापक भेषराज पाण्डेले शुल्क निर्धारण गर्ने काम स्वयं विद्यालयको हैन भन्दै शिक्षा शाखाले सरोकारवाला संगको परार्मशमा सिफरिस गरि नगरले निर्धारण गर्नु पर्ने बताउनु भयो । वाणगंगा उच्च मावि लौगाईका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमनाथ पौडेलले नगरले उच्च माविलाई अनुदान नदिए सम्म कुनै न कुनै बाहानामा शुल्क अशुल गर्नु बाध्यता भएको बताउनु भयो । सबै विद्यार्थी संङगठका प्रतिनिधि समेतले भाग लिएको छलफलको सहजीकरण शिक्षा शाखा प्रमुख खिमबहादुर जिसिले गर्नु भएको थियो ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६