अन्तर्राष्ट्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब भ्रष्टाचार मुद्दामा दोषी ठहर



८ भदौ – भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन् । मलेसियाको उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गरेपछि रजाक १२ वर्षका लागि जेल चलान भएका हुन् ।
प्रधानन्यायाधीश तेङ्ग्कु मैमुन तुअन म्याटले पुनरावेदन सर्वसम्मतिले खारेज गरिएको बताउनुभएको छ । सरकारी स्वामित्वको स्वास्थ्य कोष वान एमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी सन् २०२० मा मलेसियाली अदालतबाट दोषी ठहर भएका थिए । सन् २०२० को जुलाईमा दोषी ठहर भएका ६९ वर्षीय रजाक अपीलपछि जमानतमा रिहा भएका थिए । आफूविरुद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अपीललाई पनि अदालतले अस्वीकार गरिदिएको बीबीसीले जनाएको छ ।
अदालतले पूर्वप्रधानमन्त्री नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन वान एमडीबीको पूर्व इकाइ एसआरसी इन्टरनेश्नलबाट रजाकको व्यक्तिगत खातामा पठाइएको थियो । अदालतले उनलाई १२ वर्ष जेलसजाय र २१ करोड रिङ्गिट जरिवाना सुनाएको थियो । रजाकका वकिलहरूले उनको निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारको तर्फबाट दानमा आएको दाबी गरेका थिए ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६