प्रदेश

बढ्दो क्रममा देखिए कपिलवस्तुमा डेंगुका बिरामी



कपिलवस्तु, ०९ भाद्र ।

कपिलवस्तुमा डेंगुको संक्रमण बढेको छ । साउनमा ४८ जना र भदौ पहिलो साता ६ जनामा डेंगुको संक्रमण देखिएको हो । साउनयता ५४ जना डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सचेतना नअपनाउँदा र नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा संक्रमित बढेका हुन् ।

वाणगंगा नगरपालिकामा ४८ र कपिलवस्तु नगरपालिकामा ६ जना डेंगुका संक्रमित फेला परेका छन् । जिल्लामा डेंगु फैलिंदै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए ।

जिल्लाको पिपरा अस्पताल र सदरमुकाममा रहेको कपिलवस्तु अस्पतालमा डेंगुको परीक्षण हुँदा संक्रमित भेटिंदै गएको उनले बताए । उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने लक्षण देखिएका बिरामी आउन थालेपछि शंका लागेर रगत परीक्षण गर्दा डेंगु पहिचान भएको कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा। गणेश क्षत्रीले जनाए । उनका अनुसार प्लेटलेट कम भएका र मुखले खान नसक्नेलाई मात्र अस्तालमा भर्ना गरेर उपचार गरिएको छ । डेंगुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने पाण्डेयले बताए ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६