कपिलबस्तु १० भदौ ।लुम्बिनी प्रदेशका सार्वजनिक लेखा समिती सभापति विष्णु पन्थी तीज पर्वले सबै नेपाली जातीलाई साझा एकताको सुत्र बाध्ने संस्कृती बन्दै गएको बताउनु भएको छ । साथै उहाले तीज पर्वको मौलिकतालाई बचाई राख्न युवा पुस्ता लाग्नुपर्ने औल्याउनुभयो । जिल्ला स्तारिय खुल्ला तीज गित प्रतियोगिताको उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हो । साथै उहाले पछिल्लो समय भने तीज केहि भड्किलो बन्दै गएको भन्दै चिन्ता समते व्यक्त गर्नुभयो ।यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बोल्दै तीज संगसंगै विकृतिहरु भित्रीरहेको भन्दै संस्कृतीहरुलाई जगर्ना गर्न तर्फ सबै लाग्नुपर्ने औल्याउनुभयो । बाणगंगाका उपमेयर रीता थारुले वाणगंगामा कपिलवस्तु जिल्लाभरका २ दर्जन समुह आएर तीजी गित र नृत्य मार्फत प्रतिभा देखाउने अवसर पाउनु नगरका लागि सुखद रहेको वताउनु भयो । 
यस्तै कार्यक्रममा कपिलबस्तु संचार सहकारीका अध्यक्ष मित्रलाल शर्मा, व्यवस्थापक भेषराज पाण्डे मौलिकतालाई जर्गेना गर्ने उद्धेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताउदै सहयोगि निकाय र पुरस्कार प्रायोजक संस्थाहरुप्रति आभार व्यक्त गर्नु भयो ।कपिलबस्तु, बाणगंगा, बुद्धभुमि नगरपालिका र सामुदायिक टेलिभिजनको संयुक्त आयोजनामा जिल्ला स्तरिय बृहत तीज गित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा २१ वटा समुहले महिला हिंसा अन्त्यका लागि पहल एवं स्थानीय सरकारले गरेका सकरात्मक कामको गित तथा नृत्यद्धारा चर्चा गरेका थिए ।प्रतियोगितामा प्रथम पुरस्कार कपिलबस्तु बन पैदावार उद्योग व्यवसायी सघं, द्धतिय पुरस्कार बाणगंगा नगर सुनचांदी व्यवसायी सघं, र तृतीय पुरस्कार कमल मनीट्रन्सफर आईएमई ४ नं जितपुर रहेका छन् । कार्यक्रमको बुद्धआवार रेडियो तथा टेलिभिजनबाट प्रत्यक्ष प्रशासरण समेत भएको थियो । कपिलबस्तु कै हकमा सबै भन्दा बृहत प्रतियोगितामा उत्कृष्ट चार समुहलाई आकर्षक नगद पुरस्कारको व्यवस्था समेत गरिएको गरीएको थियो ।

जसमा वाणगंगा नगरपालिकाको सिद्धार्थ वहुमुखी क्याम्पसले प्रथम भएर २० हजार नगद पाएको छ । द्धितिय ज्ञानपुन्ज माध्यमिक बिधालय राजपुरले १५ हजार नगद पुरस्कार जितेको छ । वाणगंगा माध्यमिक बिधालय लौगााईले १० हजार नगदका साथ तृतिय स्थान हाासिल गर्दा पारिजात पव्लिक स्कुल गोरुसिंगे ५ हजार नगदका साथ सान्त्वना भएको छ । उत्कृष्ट ४ स्थान हासिल गर्ने समुहलाई बाणगंगाका उपमेयर रीता थारुले टिका लगाएर प्रमाणपत्र वितरण गर्नु भएको थियो ।








प्रतिक्रिया