प्रदेश

गठबन्धन आजको महत्वपुर्ण आवश्यकता होः नेता कोइराला



मोरङ, १२ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आउँदो चुनावमा दलबीचको गठबन्धन देशको अहिलेको महत्वपुर्ण आवश्यकता भएको जिकिर गर्नुभएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज आइतवार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टी गठबन्धन गरेर चुनावमा जाने भएको र यो जरुरी रहेको बताउनुभयो । नेता कोइरालाले आउँदो सङ्घीय चुनावमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले कांग्रेसले २०७४ सालको चुनावमा सङ्घीय संसद् र प्रदेश सभामा विजयी भएका ठाउँ आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेश सभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

नेता कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शिता हुनुपर्ने भन्दै नागरिकप्रति उत्तरदायी भएर उनीहरूको काम छिटो गर्न पनि सुझाव दिनुभयो । उहाँले नागरिकसँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै नेपाली कांग्रेसले आउँदो चुनावबाट देशमा दण्डहिनताको अन्त्य चाहेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आउँदो चुनावमा नागरिकको घरघरमा पुगी उनीहरूको मन जितेर मत माग्नुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला र रुक्मिणी कोइरालाले आउँदो चुनावमा पार्टीलाई बहुमत दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेस मोरङका उपसभापति एवम् विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतका तिक्ततालाई हटाइ पार्टीका कार्यकर्ता एकढिक्का भएर चुनावमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

क्षेत्र नं ६ का सभापति देवराज तामाङ, प्रदेश सभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दीपक चापागाईँ र मधुबाबु तिवारीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको मूल्याङ्कन हुनुपर्ने धारणा राख्नुभयो । रासस

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६