प्रदेश

जाजरकोटको माँझगाउँमा बाढीपहिरोले मकै खेतीबाली नष्ट



जाजरकोट,१२भदौ। अत्यधिक वर्षापछि जाजरकोटको नलगाड नगरपालिका- ४ माँझगाउँमा आएको बाढीपहिरोले मकै खेती नष्ट पारेको छ।फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँ पसेर नाउला खोलामा पहिरो गएको हो। पहिरोले स्थानीय केशबवहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल, लोकेन्द्र रावल र धनबहादुर रावलको जग्गामा लगाएको मकैबाली नष्ट पारेको वडा अध्यक्ष बद्री पन्तले बताए।पहिरोले केशब रावलको चर्पि, चल्लाखोर, किबी, अलैंची, कागती, सुन्तला लगाएतका फलफूलका बिरुवा पनि नष्ट गरेको छ। अध्यक्ष पन्तले भने- ‘पाक्नै लागेको मकै पहिरोले सखाप पारेपछि स्थानीय चिन्तामा परेका छन।’दुःख गरेर लगाएको मकै बाली पहिरोले नोक्सान पारेपछि के खाएर परिवार पाल्ने पलबहादुर रावलले गुनासो गरे। मकै खेतीबाटै परिवार पाल्ने गरेको र अहिले मकै सखाप भएपछि आफूहरू समस्यामा परेको उनले बताए।

गाउँमाथि रहेको वन क्षेत्र अतिक्रमणको चपेटामा परेको तथा जथाभावी सडक खन्दा खहरे खोलामा बाढी आएको हो।यसबाट पुरै गाउँ जोखिममा पर्ने खतरा बढेको छ। देवताथान र मायाडाडा गरी दुई स्थानबाट बाढी आएको स्थानीय कालिबहादुर थापाले बताए।’गाउँमाथिको हरियालीवन क्षेत्र सबै उजाड भयो, अतिक्रमण गरेर जथाभावी जग्गा बनाउने काम भयो। दुई तिरबाट सडक खन्ने काम भयो। त्यही भएर सानो पानी पर्दा पनि गाउँ पसिहाल्छ, यसलाई समयमै रोकथाम गरिएन भने भेरीखर्क, माँझगाउँ, सार्कीबारा, नाउलाखोला लगायतका बस्ती जोखिममा पर्ने खतरा छ,’ थापाले भने।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६