बुटवल १२ भदौ ।केही दिन अघि मोटरसाइकल दुर्घटनामा घाइते भएका वरिष्ठ कृषि विज्ञ तेजबहादुर सुवेदीको निधन भएको छ । मोटरसाइकल दुर्घटनाबाट टाउकोमा गम्भीर चोटलागेर मेडिसिटी अस्पतालको आइसीयूमा उपचार गराईरहेका सुबेदीको उपचारकै क्रममा निधन भएको हो ।उनलाई भेन्टिलेटरको सहायताले श्वास प्रश्वास गराइएकोमा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।नेपाल सरकारको सेवा अवकाश प्राप्त सहसचिव सुवेदीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लामो समय सेवा गरे । यसअघि लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरिसकेका उनी हाल प्रमुख माटो विज्ञका रुपमा कार्यरत थिए ।
यता कपिलवस्तुमा टिप्पर र हाईस आपसमा ठोक्किँदा १२ जना घाईते भएका छन् । कपिलवस्तुको गोरुसिगें तौलिहवा सडक अन्तर्गत चेत्रादेई जंगलमा एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।दाङबाट तौलिहवा हुँदै काठमाण्डौं जाँदै गरेको बा २ ख ६६६० नम्बरको हाईस र तौलिहवा देखि गोरुसिंगे तर्फ जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिप्पर ठोक्किएका हुन । घाईतेहरुको जिल्ला अस्पताल तौलिहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुवै गाडिका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१२ भाद्र २०७९, आइतबार
प्रतिक्रिया