प्रदेश

बाढीको उच्च जोखिममा बर्दिया, दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह



काठमाण्डौ, १३ भाद्र । बर्दियामा बाढीको उच्च जोखिम रहेकाले दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।बबई नदीमा जलसतह खतरा नजिक रहेकाले तटीय क्षेत्रमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यस्तै, आज कन्काई, नारायणी, पश्चिम राप्ती, महाकाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख बढ्ने भएकाले यी नदी आसपासका क्षेत्रमा पनि सचेत रहन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, दाङ, बाँके, सल्यान, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका क्षेत्र भइ बहने साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६