प्रदेश

७० जिल्लामा डेङ्गीको सङ्क्रमण ललितपुरमा सबैभन्दा धेरै



काठमाण्डौ १४ भदौ
७० जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।
विगतका वर्षमा भन्दा यसपालि डेङ्गीको सङ्क्रमण फैलिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती, लुम्बिनी र प्रदेश(१ का १० जिल्लामा डेङ्गीको सङ्क्रमण धेरै फैलिएको छ ।
दाहालका अनुसार डेङ्गीको सङ्क्रमण भए पनि ८० देखि ८५ प्रतिशतलाई लक्षण देखिँदैन । त्यसैले सामान्य लक्षण देखिनासाथ उपचारमा जान उहाँको सुझाव छ ।
सबैभन्दा धेरै वाग्मती प्रदेशको ललितपुरमा डेङ्गीका बिरामी धेरै छन् । अहिलेसम्म ललितपुरमा ८ सय ५८ जना सङ्क्रमित भएका छन् । अहिले काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुमा दैनिक ७० जनासम्म उपचारका लागि पुग्ने गरेका छन् ।
१७ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये चार जनाको आईसीयूमा उपचार भइरहेको छ । गएको वर्ष ५८ जिल्लामा डेङ्गी फैलिएको थियो भने त्यतिबेला डेङ्गीबाट पाँच सयको हाराहारीमा बिरामी परेका सरकारी तथ्याङ्क छ ।
२०७६ सालमा भने डेङ्गी फैलिएको थियो । त्यतिबेला १० हजारभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण भएको थियो । यसपालि पनि डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण फैलिन थाले पछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय सरकारसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको छ । तर, डेङ्गी रोकथामका लागि यो मात्रै पर्याप्त नभएको डाक्टर दाहालले बताउनुभयो ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६