जीवनशैली

दिउँसोपछि पहाडी केही क्षेत्रमा हल्का पानी पर्न सक्ने



काठमाण्डौ १४ भदौ
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । अहिले प्रदेश(१ को तराई क्षेत्र र मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसोपख देशभर मौसम बदली रहने पूर्वानुमान छ । देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम पानी पर्न सक्ने अनुमान छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
आज काठमाण्डौ उपत्यकामा दिउँसोपख हल्का वर्षा हुनसक्ने सम्भावना छ । तर निरन्तर वर्षाको सम्भावना नरहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । आज राति प्रदेश एक, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६