प्रदेश

चट्याङ लागेर रौतहटमा ३ जनाको मृत्यु



रौतहट, १४ भदौं । आज बिहान रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । धान खेतमा बिहान काम गर्न गएको बेला चट्याङ लाग्दा उनीहरूको मृत्यु भएको हो ।

रौतहटको गरुडा नगरपालिका ३ स्थित स्थानीय सरोज सहनीको धान खेतमा काम गर्न गएकी १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदमिया देवी र उनकी १७ वर्षीया छोरी जगिया कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।चट्याङ लागेर घाइते भएकी ४० वर्षीयासहेली देवी सहनीको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६