खोज–अनुसन्धान

२ को प्रदेश ‘क’ बाट पूर्व एसएसपी थापाको एकल नाम काङ्ग्रेसबाट सिफारिस



कपिलवस्तु १४ भदौ ।नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र न २ को प्रदेश ‘क’ बाट नेपाल प्रहरीका पूर्व एसएसपी विक्रम थापाको एकल नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र न २ ‘क’ को बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत थापालाई प्रदेशमा सर्वसम्मत रूपमा सिफारिस गरेको सचिव पवन थारूले बताए ।यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ मिना केसी जवारलाल थारुको नाम सिफारिस गरेको छ । काँग्रेस क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा पठाउने छ । थापा कांग्रेस लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य हुन् । नेपाल प्रहरीमा रहँदा राम्रो छवि बनाएका थापाले कांग्रेस प्रदेश महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर जितेका थिए ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६