प्रदेश

तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक जनाको ज्यान गयो



सुर्खेत, १५ भाद्र । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको ज्यान गएको छ ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

“स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको ज्यान गएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उहाँले भन्नुभयो, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।” रासस

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६