काठमाण्डौं, १५ भाद्र ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक आज बस्दै छ । माओवादी केन्द्रले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।
यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्न लागेको हो । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
प्रचण्डले प्रदेश समितिहरूको बैठकमा चुनावी प्रशिक्षण दिइरहनुभएको छ । उहाँले क्रमिक रुपमा कर्णाली, सुदुरपश्चिम, गण्डकी र मधेश प्रदेशमा पनि राजनीतिक प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।








प्रतिक्रिया