कपिलवस्तु १६ भदौ । नेपाली कांग्रेस कपिलवस्तुले प्रतिनिधि सभा क्षेत्र नम्बर २ कालागि पार्टीका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ को क्षेत्रीय कार्य समितिको बुधवार तौलिहवा स्थित पार्टी कार्यालयमा बसेको बैठकले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारकालागि महामन्त्री आचार्यको एकल नाम सिफासिर गरेको क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।
यस्तै कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २ ख मा प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्य उम्मेदवारका लागि पार्टीका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, नेता राम आषिष पाण्डेय र राज्यमन्त्री रिना बिश्वकर्माको नाम सिफारिस गरेको प्रदेश क्षेत्रीय सभापति गिरीजेश कुमार पाण्डेयले बताउनुभयो । समानुपाति तर्फ ८ देखि १० जनाको नाम सिफासिर भएको उहाको भनाइछ । यस्तै गरी निर्वाचन क्षेत्र २ को प्रदेश सभा क कालागि यस अघि नै विक्रम सिंह थापाको एकल नाम सिफारिस भएको छ ।
प्रतिक्रिया