खोज–अनुसन्धान

उम्मेदवार छान्न एमाले कपिलवस्तुले राख्यो एकै साथ ९ निर्वाचन क्षेत्रका बैठक




कपिलवस्तु १६ भदौ ।यहि मंसिर ४ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनकालागि उम्मेदवार छान्न एमाले कपिलवस्तुले एकै साथ ९ निर्वाचन क्षेत्रका बैठक राखेको छ । ३ वटा प्रतिनिधी सभा क्षेत्र र ६ वटा प्रदेश सभा क्षेत्रको बैठक ३ स्थानमा तय गरिएको एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।
नेकपा एमाले कपिलवस्तुले यहि भदौ १८ र १९ गते प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न क्षेत्रिय समन्वय समितीका बैठकहरु राखेको हो । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ र त्यहा स्थित २ वटा प्रदेश सभा क्षेत्रको बैठक जीतपुर स्थित पिस हिमालयन रिसोर्टमा १८ भदौमा राखिएको एमालेका उपाध्यक्ष एवम क्षेत्र नं १ का इन्चार्ज विश्राम प्रसाद थारुले जानकारी दिनु भयो ।
यस्तै गरि प्रतिनिधी सभा क्षेत्र नं २ र सो अन्तर्गतका २ वटा प्रदेशको बैठक तौलिहवा स्थित मदन आश्रित स्मृती भवनमा १९ भदौमा राखिएको छ भने क्षेत्र नं ३ र त्यहाका २ वटै प्रदेश क्षेत्रको बैठक विजयनगरको खडैचा स्थित सभाहलमा आयोजना गरिएको उपसचिव शुसिला दर्लामीले जानकारी दिनु भयो । ती बैठकमा क्षेत्रिय समन्वय कमिटीिका पदाधिकारी ,सम्वन्धित क्षेत्रका जिल्ला कमिटी सदस्य ,निर्वाचित मेयर उपमेयर र वडाध्यक्ष , पालिका कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष सहभागि हुने छन् ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६