प्रदेश

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक शुरु




काठमाडौँ, १६ भाद्र । आसन्न निर्वाचनको सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताको बैठक शुरु भएको छ । केहीबेर अघि सत्तारूढ दलका शीर्ष नेताहरूबीच वार्ता सुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पटक पटक शीर्ष नेताहरूसहितको बैठक बस्दा पनि सिट बाँडफाँटमा सहमति हुन सकेको छैन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर गठबन्धनमा बुझाइसकेका छन् ।

अहिलेसम्म प्रतिनिधि सभामा नेपाली कांग्रेसले १०० सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ । बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६