प्रदेश

कपिलबस्तुमा एकैदिन तीन जना झुन्डिएको अबस्थामा मृत फेला



कपिलवस्तु, १६ भाद्र । कपिलवस्तुमा एकैदिन तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । गएको मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको हो ।

यसरी मृत फेला पर्नेमा दुई महिला र एक पुरुष छन् । यशोधरा गाउँपालिका, वाणगंगा नगरपालिका र शिवराज नगरपालिकाका एकरएकजना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यशोधरा–२, सोनबर्सीका ४० वर्षीय राममहेश पासी आँपको रुखमा साडीको पासो लगाई झुन्डिएको भेटिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

यस्तै, वाणगंगा–६, अमौलीका २८ वर्षीय सिमबहादुर थारु घरमा टिनको छानामुनि रहेको फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उता, शिवराज–१, वनकट्टाकी ३८ वर्षीया मनकला थापा क्षेत्री थारु आफ्नै घरको कोठामा फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

तीनवटै घटनामा झुन्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६