प्रदेश

जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने आरोपी आलम कांग्रेसको उम्मेदवार सिफारिस



काठमाडौं, १६ भदौ । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।

कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।

आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा छन् ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।

घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप छ। श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो । साभर अनलाईन खबर

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६