प्रदेश

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा निःशुल्क दन्त शिविर हुदै



कपिलवस्तु, १६ भाद्र ।
कपिलवस्तु उद्योग बाणिज्य संघले निःशुल्क दन्त शिविर आयोजना गर्ने भएको छ । संघले यही भदौ १८ गते शनिबार कपिलवस्तु सामुदायिक अस्पताल चारनम्बरमा दन्त शिविर आयोजना गर्ने भएको हो ।

सिमली फान्डेसनकी संचालिका स्वर्गीय लिला अर्यालको ४५ औं पुण्य तिथिमा शिविर आयोजना गर्न लागिएको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए । महासचिव पौडेलका अनुसार शिविरमा डाक्टर शिशिर अर्यालसहितको दन्त चिकित्सकको समूह आउने छ ।

शिविरमा अत्याधुनिक मेसिनद्धारा निशुल्क औषधीसहित दाँत स्कानिङ्, किराले खाएको दाँतमा सिमेन्ट भर्ने, आर.सि.टि.सेवा एवम् जटिल रोगीलाई अप्रेसन गर्नु पर्ने भएमा ५० प्रतिशत छुटको व्यवस्था रहेको बताईएको छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले स्वास्थ्य मानव जीवनको एक महत्वपूर्ण पक्ष भएकाले त्यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताए । सोही विषयलाई ध्यानमा राखि संघले दन्त शिविर आयोजन गर्न लागेको अध्यक्ष घिमिरेले बताए । दाँत प्राणीको एक संवेदनशील अंग भएकाले त्यसको सुरक्षा स्वरुप दन्त शिविर गर्ने आयोजनाले राम्रो सन्देश प्रवाह हुने उनले विश्वास व्यक्त गरे ।

महासचिव पौडेलले शिविरमा सहभागि भई फाईदा लिन सर्वसाधरणलाई अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यले विभिन्न सुविधा सम्पन्न डेन्टलहरुमा गई उपचार गराउन नसक्ने अवस्थामा यस शिविर महत्वपूर्ण सावित हुने महासचिव पौडेलले दाबी गरे ।

कपिलवस्तु सामुदायिक अस्पताल सहआयोजक रहेको शिविरको प्रायोजकको रुपमा अन्र्तराष्ट्रिय सिमली फाण्डेसन नेपाल र सिमली डेन्टल केयर प्रा.लि. बुटवल रहेका छन् ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६