अर्थ-वाणिज्य

४० मिटर भासिएपछि बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध




बुटवल १६ भदौ, । सडक भासिएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।पाल्पाको तिनाउ गाृपालिका वडा नम्बर ३ मा पर्ने हिउँदेखोलानिर माथिबाट लेदोसहितको पहिरो झरेपछि करिब ४० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।राजमार्ग नै भासिएका कारण उक्त खण्डमा सवारी साधन आवागमन बिहीबार दिउँसोदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।दिउँसो साढे ४ बजेदेखि अवरुद्ध उक्त सडक खण्डमा मोटरसाइकल समेत चल्न सक्ने अवस्था नभएको र सडक कहिलेसम्म खुल्ने बारे अन्योल रहेको थापाले बताए । सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६