प्रदेश

चाडपर्वको लागि सुपथ पसल असोज १ गतेदेखि सुरु हुने, कति छ छुट ?



काठमाण्डौ, १७ भाद्र । चाडपर्व लक्षित सहुलियत पसल आउँदो असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ ।

कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान ९डीडीसी०बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ । काठमाण्डौ उपत्यकाबाहिर खाद्यसामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ । त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउनेछन् ।

कम्पनीले डिलरमार्फत र जिल्लामा उद्योग वाणिज्य संघ तथा सम्बन्धित पालिका प्रशासनले माग गरेको अवस्थामा सकेसम्म सहुलियत पसल राख्ने तयारी भैरहेको पनि खनालले बताउनुभयो । काठमाण्डौ उपत्यका, पोखरा र सुर्खेतमा अनलाइन सेवा पनि उपलब्ध हुनेछ । अनलाइन सेवा भएका ठाउँमा उपभोक्ताको माग अनुसार घरमै सहुलियतमा सामग्री पुर्‍याइनेछ । सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ ।

चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिने भएको छ । न्यौपानेका अनुसार चिनीमा छुट दिनेबारे अझै अन्योल छ । साल्टले काठमाण्डौ उपत्यकाभित्र सतुंगल, कालीमाटी, जावलाखेल, जडिबुटी र भक्तपुरबाट छुट दिनेछ ।

त्यस्तै दुग्ध विकास संस्थान डीडीसीले दशैँ तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने डीडीसीका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो । कम्पनीले दशैँका लागि झण्डै तीन हजार खसीबोका र च्यांग्रा ल्याउने तयारी पनि गरेको छ ।

प्रकाशित : १७ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६