प्रदेश

‘सिट बाँडफाँटमा गठबन्धनभित्र असहमति छैन, म चितवनको क्षेत्र नम्बर ३ बाट लड्दैछु’ – प्रचण्ड



काठमाण्डौ, १७ भाद ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटको विषयलाई लएर गठबन्धन भित्र कुनै असहमति नरहेको दाबी गर्नुभएको छ ।

शुक्रवार नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनमा सिट संख्याको बारेमा लगभग टुंगिसकेको र एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम शुरु भएकोले समय लागेको बताउनु भयो । उहाँले शनिवार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको चुनावमा क्षेत्र पनि तोक्ने बताउनु भयो ।

अध्यक्ष दाहालले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित रहेको बताउनुभयो । उहाँले प्रदेश र संघको चुनावमा गठबन्धनका सबै दलको सन्तुलन मिलाउने गरी छलफल भइरहेको बताउनु भयो ।

‘गठबन्धनमा हामी सिट संख्या करिब सहमतिको नजिक पुर्‍याएर एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम गरिँदैछ । आज दिनभरको काम सकिएपछि भोलि बैठक बसेर हामीले क्षेत्र, प्रदेशसमेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर हामी हिजो उठेका छौँ । चुनावका लागि हामी भेला, सामान्य बैठक गरेर अघि बढेका छौँ उहाँले भन्नुभयो, हिजो हामी सहमतिको निकट पुगेका छौँ । गठबन्धन भित्र असहमतिको कुनै स्थिति छैन । हामीले अहिले एउटा के मान्यता बनाउन प्रयास गरिरहेका छौँ भने संघको एउटाले लियो भने अर्कोलाई प्रदेशको गरेर भोट ट्रान्सफर हुने वातावरण बनाउने भन्ने छ । त्यसो गर्दा १६५ वटा नै निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश जुन छन्, तिनको मिलाउँदा सन्तुलन मिलाएर जाने भन्ने हो । उस्तै परे हाम्रो प्रभाव भएका सबै हामीले एक्लै जित्ने ठाउँमा पनि अन्य पार्टीलाई प्रदेशमा समायोजन गरेर लैजाने तिर नै हाम्रो जोड छ ।’

यस्तै, अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने दाबी गर्नुभयो । नेकपा एमालको उपाध्यक्ष रामबहादुर थापासँग प्रतिष्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उहाँले तुलना नहुने कुरा नसोध्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘चुनाव म चितवनको क्षेत्र नम्बर ३ बाट लड्दैछु । तुलना नहुने कुरा पत्रकार साथीहरुले नसोध्दा राम्रो ।’

अध्यक्ष दाहालले कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र को राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताउनु भयो । अध्यक्ष दाहालले विगतमा गरेका कामको आत्मसमीक्षा नगरेसम्म नेकपा एमालेसँग सहकार्य नहुने पनि दाबी गर्नुभयो ।

प्रकाशित : १७ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६