प्रदेश

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ‘कल सेन्टर’ स्थापना



रुकुम, १७ भाद्र । नगरवासीलाई आपतकालीन सेवाको लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सम्पर्क केन्द्र कल सेन्टर स्थापना गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाबाट सञ्चालन भएका एम्बुलेन्स तथा अन्य आपतकालीन सेवाको सहजता र प्रभावकारीताको लागि कल सेन्टर स्थापना गरेको जनाएको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एम्बुलेन्स सेवा तथा अन्य आपतकालीन सेवाको व्यवस्थित र सहज पुहँच स्थापनाको लागि कल सेन्टर स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार यस सेवाको लागि सर्वसाधारणले ९८५८०६७२११ मोबाइल नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नेछन् ।

नगर प्रमुख पुष्प बादीले यस कार्यले सर्वसाधारणलाई आपतको बेलामा स्थानीय सरकारले साथ दिन सक्ने विश्वास लिएको बताउनुभयो । बिरामी अथवा कुनै आपत विपदको बेलामा नगरवासीले स्थानीय सरकारलाई जानकारी गराउन समेत नगरप्रमुमख बादीले अनुरोध गर्नुभयो ।

प्रकाशित : १७ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६