कपिलवस्तु, १७ भाद्र ।
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष डि बि रेश्मीले आफुहरु आन्दोलनको मोर्चामै रहेको भन्दै निरन्तर खबरदारी र संघर्षलाइ अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको छ । साबिकको उच्च मा वि तह दरबन्दि र राहत अनुदान कोटामा कार्यरत वाणगंगा नगरपालिका भित्रका शिक्षकहरु सहभागी भेलामा बोल्दै वरिष्ठ उपाध्यक्ष रेश्मीले उच्च मा वि दरबन्दि र राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुको सवालमा राष्ट्रिय मुद्याहरु र स्थानीय अभ्यासका विषयमा चर्चा गर्नुभएको थियो । वाणगंगा भित्रका शिक्षकहरुको उपस्थीतिमा सम्पन्न भेलाले विष्णु आचार्यको अध्यक्षतामा सात सदस्यीय नगर कार्यसमिति समेत चयन गरेको छ । नवनिर्वाचित नगर कार्यसमितिको उपाध्यक्षमा लेखा शर्मा, सचिव मोहन अर्याल, कोषाध्यक्षमा मनोज खत्री रहनु भएको छ । निवर्तमान अध्यक्ष उमेश कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाले नवनिर्वाचित कार्यसमितिले अगामी कार्ययोजना निर्माण गर्दा रचनात्मक र संघर्ष दुवै कार्यक्रमलाइ अगाडि बढाउने निर्णय समेत गरेको छ ।
१७ भाद्र २०७९, शुक्रबार








प्रतिक्रिया