खोज–अनुसन्धान

एम्बुलेन्सको आप्रवासन : गाँउ छाडी शहर पसे




दाङ १७ भदौ । तुुलसीपुर उपमहानगरपालिका वडा नं १७ का भेषबहादुुर खत्री मंगलबार राति बिरामी परे । घरमा कुनै सवारी साधन थिएन । अस्पताल पुुर्याउन आपत पर्यो । खत्रीका भाइले वडाको एम्बुलेन्स चालकलाई सम्पर्क गरे । एम्बुलेन्स चालकले आफू प्रादेशिक अस्पतालमा रहेको जवाफ दिए ।उपमहानगर क्षेत्रका बासिन्दाका लागि बिरामी हुँदा अस्पताल जान एम्बुलेन्स नपाइने गरेको घटनाका शृङ्खला लामो भेटिन्छन् । स्थानीय तहका वडामा रहेका एम्बुलेन्सहरु ग्रामिण क्षेत्रमा प्रायः उपलब्ध हुँदैनन् ।
स्थानीय सरकारले स्वास्थ्यचौकीहरुमा एम्बुलेन्स सेवा विस्तार गरे पनि सेवा पाउनबाट वडावासी बञ्चित हुनुु परिरहेको छ । तुुलसीपुर उपमहानगरपालिकाले १९ वटा वडामध्ये ८ वटा वडामा एम्बुलेन्स सेवा विस्तार गरेको छ ।उपमहानगरपालिकाका वडा नम्वर १, ४, ८, ११, १३, १५, १७ र १९ वडाका स्वास्थ्यसंस्थामा एम्बुलेन्स सेवा सञ्चालनमा भए पनि ती एम्बुलेन्सहरु स्वास्थ्य संस्थामा नभई शहरका अस्पतालका पार्किङमा भेटिन्छन् ।स्वास्थ्यसंस्थामा एम्बुलेन्स नभेटिँदा सर्वसाधारणहरुले बिरामी हुँदा निजी सवारी साधन खोजेर अस्पताल जानुपर्ने बाध्यता छ । हाल उपचाररत खत्रीले ले भने, ‘हुनेले रातारात भाडाका गाडी समेत प्रयोग गर्न सक्छन्, नहुनेले भोलि कुुर्नुुपर्ने बाध्यता छ ।’

तुुलसीपुर उपमहानरपालिका मेयर टिकाराम खड्काले एम्बुलेन्स चालकहरु व्यापारमा केन्द्रित हुँदा यस्तो अवस्था आएको बताउँछन् । जनताको सेवाका लागि सरकारले एम्बुलेन्समा लगानी गरी उपमहानगरका आठ वडामा एम्बुुलेन्स सञ्चालन गरे पनि एम्बुुलेन्स चालकले सरकारको लगानीमा व्यापार गर्दा यस्तो यस्तो अवस्था आएको उनको भनाइ छ ।स्वास्थ्यसंस्थाका एम्बुलेन्सहरुलाई उपमहानगरपालिकाले एकद्वार प्रणालीमा सञ्चालन गर्न नसक्दा समेत यस्तो समस्या देखिन्छ भने अर्कातिर चालकहरुको पारिश्रमिक एकरुपता देखिँदैन । तर एम्बुलेन्स चालकहरुले मनोपरी चल्दै आइरहेकाले यस्तो समस्या देखिएको मेयर खड्काको दाबी छ ।

उचित पारिश्रमिक छैन
अर्कोतिर एम्बुलेन्स चालक भने आफूहरुको पारिश्रमिक न्यून भएका कारण सहरतिर केन्द्रित हुनु परेको बताउँछन् । गाउँमा प्रायः बिरामी नभेटिने तर सहरतिर विभिन्न अस्पतालमा लैजान बिरामीको चाप हुने भएकाले आफूहरु सहरमै बस्ने गरेको उनीहरुको भनाइ छ ।तुलसीपुर उपमहानगरपालिका–१३ का एम्बुलेन्स चालक सर्वण पौडेलले भने, ‘उचित पारिश्रमिक नहुँदा स्वास्थ्य संस्थामा बस्न सकेका छैनौं ।’स्थानीय सरकारले आफूहरुलाई हलुुका सवारी चालक सरह पारिश्रमिक दिएमा स्वास्थ्यसंस्थामै बसेर सेवा गर्न सकिने उनले बताए ।

प्रकाशित : १७ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६