अर्थ-वाणिज्य

गठबन्धन नभए एक्लै निर्वाचनमा भाग लिन तयार : नेकपा एस.




कमला घिमिरे
कपिलवस्तु १७ भदौ ।आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी लुम्बिनी प्रदेश कमिटिको चौंथो बैठक शुक्रवार कपिलवस्तुको शिवराज नगरपालीका स्थीत खगेन्द्रपुरमा सम्पन्न भएको छ । बैठकले आसन्न निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट सिफारिश भएका उम्मेदवारको नाम टुंगो लगाई अगाडी बढ्ने निर्णय गरेको छ ।

बैठकमा सम्वोधन गदैं प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीका प्रदेश अध्यक्ष भागवत विश्वासीले बर्तमान गठवन्धन दलविच नै आगामी प्रदेश र संघीय निर्वाचनमा तालमेल भए तालमेल बाटै यदि नभए एक्लै भएपनि निर्वाचनमा भाग लिन तयार हुँदै सोही अनुरुप जिल्लामा पार्टिका गतिविधि गर्न समेत निर्देशन दिनुभयो।
साथै बैठकले आगामी प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टिका अधिकाँश उम्मेदवारलाई टिकट वितरण गरी भावी निर्वाचन केन्द्रित रणनिति बनाएर अगाडी बढ्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेको अध्यक्षता, बृहस्पती सुवेदीको स्वागत, सचिव राजु गुरुङ्गको सन्चालनमा भएको बैठकले गत स्थानीय तह निर्वाचनमा गठवन्धन दलबाट भएका कमि कमजोरीको समीक्षा गदैं त्यसबाट पाठ सिकेर आगामी निर्वाचनमा अगाडी बढ्न पार्टिका आम कार्यकर्तालाई आग्रह गरेको नेकपा एकिकृत समाजवादी पार्टि प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६