कपिलवस्तु १८ भदौ । जिल्ला प्रशासन कार्यलय कपिलवस्तु विचौलिया मुक्त घोषित भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले कार्यलय भित्र आएर नागरिकता ,राहदानी लगायतका फाँटमा कर्मचारीलाई विभिन्न वाहनामा दवाव दिने , राजनीति पदको हवाला दिदै निर्देशीत गर्न खोज्ने , हुल हुज्जत गर्न खोज्ने चिलौलियालाई समातेर कारावही गर्नु भएको हो । ३ घण्टा जति नियन्त्रणमा राखेर प्रजिअ मिश्राले अव आइन्दा प्रशासन हाता भित्र आफ्नो ब्यक्तिगत काम वाहेक अरुको काम लिएर नआउने प्रतिवद्धता गराई पठाएको वताउनु भयो ।
विचौलियामा एक जना भारतीय नागरिक , एकजना मुख्य राजनैतिक दलको जिल्ला कार्यकर्ता र एक जना ब्यावसायीलाई प्रजिअ आफैले रंगेहात पक्राउ गरेको वताउनु भयो । सिसीटिभि क्यामरावाट हेर्दा राहदानी र नागरिकता फाँटमा प्रबेश गरेर धेरै हाउभाउ गर्ने , फूर्ति लगाउने र कर्मचारीलाई अह्राउन खोज्ने ब्यक्तिको पहिचान गरि आफैले पक्रेर ३ घण्टा राखेको प्रजिअ मिश्राको भनाइछ । बीहिवार विचौलिया माथि कारवाही गरेको वताउदै शुक्रवार अनाबश्यक भीडभाड नदेखिएको दावि गर्नु भयो । उहाले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाईएको वताउनु भयो ।
जेष्ठ नागरिक , फरक क्षमता भएका सेवाग्राहीहरुलाई प्राथमिकता दिई सेवा प्रवाह गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै कसैले त्यसरी सेवा प्राप्त गर्न नपाएमा सीधै प्रमुख जिल्ला अधिकारीलाई गुनासो गर्नु उहाले आग्रह गर्नु भएको छ । जनताको गुनासो सुन्न प्रमुख जिल्ला अधिकारीको मोबाईल नं ९८५७०३७७७७ मा फोन गर्न वा ह्वाट्सएपमा वा भाइवरमा म्यासेज गर्न उहाले अनुरोध गर्नु भएको छ ।
प्रतिक्रिया